ट्याक्टरले किचेर एकको मृत्यु, एक घाइते



ताप्लेजुङ, १५ फागुन

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ ।

बुधवार साँझ साँढे ५ बजे समयमा ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिप्लेर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक मैवाखोला गाउँपालिका–१ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक मेरिङदेन–४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाइते भएका छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्