प्रधानमन्त्रीबाट दमक–चिसापानी–रबी कालोपत्रे सडकको शिलान्यास



दमक, ४ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रबी कालोपत्र सडकको आज शिलान्यास गर्नुभएको छ । झापाको दमकदेखि दक्षिणी इलाम र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको रबी जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।

विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार पहिलो चरणमा ६.२९ किमी कालोपत्र रु २२ करोड ५९ लाख ६४ हजार ६२७ लागतमा बन्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्रे सडक शिलान्यास गरेका छन् । झापाको दमकबाट इलामका चुलाचुली, माङसेबुङ गाउँपालिका हुँदै पाँचथर जोडिएको यो सडक अब कालोपत्रे बन्नेछ ।

४७ किलोमिटर लामो निर्माणाधीन सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार पहिलो चरणमा ६.२९ किमि कालोपत्रे २२ करोड ५९ लाख ६४ हजार ६२७ लागतमा बन्नेछ । महालक्ष्मी र किरातेश्वर जेभीसँग गत २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड २०७७ पुस २८ गते पूर्णरुपमा कालोपत्रे हुने प्रमुख यादवले बताए ।

यस्तै १५.२६ किमि दोस्रो खण्डको ५४ करोड ४४ लाख ८७ हजार ६३९ को लागतमा लुम्बिनी र गणपति जेभीले र ११.३० किमि तेस्रो खण्ड सडकको रु ५९ करोड १५ लाख ३५ हजार ८३४ लागतमा बन्ने जनाइएको छ ।

यो सडक २०५९ सालमा तत्कालीन मन्त्री नारायणसिंह पुनले साबिक बाँझो गाविसको माङमालुङ बजारमा उद्घाटन गर्नुभएकाे थियाे । सुरुमा पाँचथर र इलामबाट प्रतिनिधित्व गर्ने नेताहरूले बेवास्ता गरेको यो ठाउँमा स्थानीय स्तरमा सडक विस्तारको काम भएको थियो । मेची राजमार्गअन्तर्गत इलाम र पाँचथरको सीमावर्ती राँकेबाट पानीढलो हुँदै रविसम्म गाडी गुडेको थियो । त्यहाँबाट चिसोपानी पञ्चमी बजारसम्म विस्तार भएको सडक दमकसँग जोडिएको हो ।

तत्कालीन मन्त्री भरतमोहन अधिकारीले २०५१ सालमा मोरङ मधुमल्लाबाट चिसोपानी हुँदै रवि जोड्ने सडकको शिलान्यास गर्नुभएकाे थियाे । त्यसअघि नै दमकसँग सडक पहुँच कायम भएको हो । यस्तै राँकेबाट रवि, चिसोपानी हुँदै धनकुटाको भेंडेटारसम्म पनि सडक जोडिएको छ ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायत समेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्