ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते



फिदिम, २६ माघ

पाँचथरमा हिँजो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाँचथर हिलिहाङको जोरपोखरीबाट फिदिम आउँदै गरेको ग १ त ३७९९ नम्बरको ट्र्याक्टर शनिवार अनियन्त्रित भई फिदिम नगरपालिका–४ थापाटारमा सडकबाट करीब २ सय मिटर तल झरेको थियो ।

दुर्घटनामा ट्र्याक्टर चालक फिदिम नगरपालिका वडा ४ माझीटारका २६ वर्षीय शुक्रराज माझीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्र्याक्टरमा सवार माझीका भतिजा अन्दाजी १२ वर्षीय मनिष गम्भीर घाइते भएका छन् । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्