‘अपेक्षाकृत काम गर्न सकिएकाे छैन, अब सुधार्छौं’



साविकको थर्पू गाँउ विकास समितिको वडा नं. ६, ७, ८ र ९ तथा नागी गाँउ विकास समितिको वडा नं. १ र २ लाई जोडेर याङवरक गाँउपालिकाको वडा नं. ५ बनेको छ । अन्य वडामा वडा कार्यालय, स्वास्थ्य संस्था, माध्यमिक तहसम्मका शैक्षिक संस्था लगायत संरचनाहरु छन । तर नयाँ भएका कारण वडा नं. ५ मा कुनै पनि संरचना छैनन् । नयाँ वडा निर्माण भएपछि हालसम्म पूर्वाधार निर्माणका के कति काम भए ? स्थानीयका आवश्यकता पूर्ति गर्न वडा र गाँउपालिकाले हालसम्म के कति काम गरे ? समग्रमा वडा नं. ५ का वडाध्यक्षको गाँउपालिकाको गतिविधिमा कस्तो भूमिका छ ? भन्ने लगायत विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ याङवरक सन्देशका लागि याङवरक गाँउपालिका वडा नं. ५ का वडाध्यक्ष टेकनाथ न्यौपानेसँग गरिएको कुराकानी :

यहाँ वडाध्यक्ष निर्वाचित भए यता यहाँको वडामा गाँउपालिका र वडाले गरेका मुख्य गतिविधिहरु के–के हुन् ?

हामी निर्वाचित भएको तेश्रो वर्षमा प्रवेश गरेका छौँ । हामी वडा कार्यालय भवन निर्माणका निम्ति निःशुल्क ५ रोपनी ६ आना जग्गा रजिष्ट्रेसन पास गरेका छौँ । वडाको स्वास्थ्य संस्था भवन निर्माणका निम्ति निःशुल्क रुपमा ५ रोपनी जग्गा रजिष्ट्रेसन पास गरेर संघीय सरकार मार्फत स्वास्थ्य संस्थाको भवन निर्माणका लागि टेण्डर प्रकृया सम्पन्न भइसकेको छ । उक्त स्थानमा भवन निर्माणको कार्य सुरु भएको छ । भौतिक निर्माणको सन्दर्भमा सडक स्तरोन्नति र ट्रयाक ओपनको काम क्रमशः गरिरहेका छाँै । स्रोत साधन पनि कम छ । त्यही स्रोत साधनको परिचालन गरेर काम गरिरहेका छाँै ।

तीन वर्षको कामबाट प्राप्त उपलब्धिहहरु के के हुन् ?

पहिलो त हामीले सडकलाई नै प्राथमिकतामा राख्यौँ । विकास बजेटको ६५ देखि ७० प्रतिशत बजेट सडकमा खर्च भयो । सडकको स्तरोन्नति र ट्रयाक ओपनका काम गर्यौँ । अन्य विद्यालय, कृषि, सिंचाई, खानेपानीमा पनि बजेट खर्च गरेका छौँ । पहिलो वर्ष वडाले ५० लाख रुपैयाँ बजेट सिलिङ पाएका थियौँ । दोश्रो वर्ष ६० लाख र तेश्रो वर्ष ५० लाख प्राप्त गरेका छौँ । गाँउपालिकाले करीब करीब वर्षेनि ५० लाख बजेट वडामा खर्च गरेको छ । जम्मा वर्षेनि एक करोड हाराहारी बजेट वडामा खर्च भइरहेको छ । त्यही बजेटको प्रयोग गरिरहेका छौँ । यस वर्ष चाँही विकास निर्माणको कार्य सुरु भएका छैनन् । दशैँपछि काम सुरु हुन्छ ।

वडा नं. ५ का समग्र सम्भावनाका क्षेत्रहरु के के हुन् ?

वडा नं. ५ मा पहिलो कृषि नै हो । कृषिमा पनि धेरै कुराको सम्भावना छ । शब्जी, फलफूल, अलैंची, चियामा बढी सम्भावना छ । पशुपालनमा उत्तिकै सम्भावना छ । बुट्यान भएको रसिलो भूभाग हामीसँग छ । यसपछि पर्यटनमा पनि हाम्रोमा सम्भावना छ । कालापानी, फालेलुङसँग सीमा जोडिएको आगेजुङ पर्यटन प्रवद्र्धन गर्न सकिने ठाँउ हुन । मुख्य त कृषि र पशुपालन नै हो ।

यी सम्भावनाका क्षेत्रहरुको प्रवद्र्धनमा यहाँहरुले गरेका काम चाँही के के हुन् ?

यी सम्भावनाहरु हुँदा हुँदै पनि वडावासीको मुख्य माग चाँही सडक निर्माणमै छ । हामीले विकासको सन्दर्भलाई टोल वस्तीमा सुझाव लिँदा, आवश्यकता पहिचान गर्दा उहाँहरुको जोड सडकमै देखियो । हामीले यहाँ यस्तो सम्भावना छ भन्दा पनि स्थानीयले सडकमा जोड दिनुभएको छ । कृषि, पशुपालनमा बजेट र कार्यक्रम सञ्चालन भइरहेका छन । पशुपालन सुधार, शब्जी खेती प्रवद्र्धनका कार्यक्रमहरु चलिरहेका छन । चियाको बेर्ना निर्माण थालिएको छ । आगामी दिनमा चाँही आधुनिक र ब्यवसायिक कृषि प्रवद्र्धन गर्ने सोच राखिएको छ ।

चालु वर्षको नीति कार्यक्रम तथा बजेटले यी क्षेत्रलाई के कसरी समेट्छ ?

यस पालीको बजेटमा पनि केही सम्बोधन गरिएको छ । तर अपेक्षाकृत छैन । आम जनमानसमा विकास भनेको बाटो हो र पहिला बाटो चाहिन्छ भन्ने मानसिकता छ । जहाँ गएपनि त्यही कुरा आँउछ । राज्यले पनि कृषिमा सहयोग गर्ने भनेको छ । वडा नं. ५ त जडिबुटीदेखि माछा पालनसम्मलाई महत्वपूर्ण छ । तर अपेक्षाकृत बजेट विनियोजन गर्न सकेको छैन ।

वडाका मुख्य योजना र पूर्वाधारका क्षेत्र के के हुन् ? के कति काम भइरहेको छ ?

सडकको निर्माण र स्तरोन्नति गरेर बाह्रै महिना सवारी चल्नसक्ने बनाउने कुरालाई विशेष ध्यान दिइएको छ । जथाभावी मापदण्ड विपरित सडक निर्माणमा यस वर्षबाट रोक नै लगाइएको छ । यो वर्ष नयाँ निर्माण ठप्प नै भएको छ । मापदण्डअनुशार काम गर्छौँ । वडा कार्यालय निर्माण, स्वास्थ्य संस्था निर्माणको प्रकृया अघि बढाएका छौँ । हामीसँग वडा कार्यालय भवन छैन ।

प्रदेश र संघीय सरकारसमक्ष पुर्याएका छौँ । गाँउपालिकाको तर्फबाट रु. ५० लाख म्याचिङ फन्ट राखेका छौँ यो आर्थिक वर्षमा । र अरु रकम प्रदेश र संघीय सरकारबाट मागेर रु. दुई करोड नौ लाखको लागत स्टिमेटको डिपिआर बनिसकेको छ । स्वास्थ्यको भवन चाँडै बनिसक्छ । हामीकहाँ पाँच वटा विद्यालय छन । यहाँ कुनैपनि माध्यमिक विद्यालय छैन ।

त्यसैले हामीले सिरिसे आधारभूत विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर उक्त विद्यालयमा मावि सञ्चालनका लागि तयारी थालेका छौँ । त्यो आवश्यकता पनि छ । कृषिको कुरालाई चाँही समयानुकुल ब्यवसायिक बनाउनुपर्छ भन्ने सोच राखेका छौँ । कृषकहरुले प्रत्यक्ष रुपमा लाभ लिनसक्ने अनुदानका कार्यक्रम राखेका छौँ ।

यहाँ वडाध्यक्ष एवं गाँउपालिका सञ्चालन गर्ने निकाय गाँउ कार्यपालिकाको सदस्यको नाताले हालसम्म गाँउपालिकाले गरेका गतिविधि के कस्ता छन् ? गाँउपालिकाका कामबाट सन्तुष्ट हुनुहुन्छ ?

गाँउपालिकाले गरेको काम अपेक्षाकृत भएको छैन । जनताले धेरै आशा गरेका छन । हामी हाम्रो पार्टीबाट बहुमतमा छौँ । हामी सवल पनि छौँ । हाम्रोमा सम्भावना धेरै छन तर अपेक्षा गरेअनुशार काम गर्न सकेका छैनौँ । सवै वडालाई हेर्दा कृषि, उद्योग, जंगल, जडिबुटी, जल पर्यटन लगायत क्षेत्रमा धेरै सम्भावनाका क्षेत्रहरु छन । यीनले हामीलाई धेरै काम गर्न उत्प्रेरित गर्छ ।


हामीले केही केही काम नयाँ गर्न सुरु गरेका छौँ । जस्तो एउटा आवाशीय विद्यालय याङवरकमा खोल्ने भनेर हामीले नीतिगत निर्णय गरेका छौँ । त्यसमा चाँही दुरदराजका विद्यार्थीहरु, सडक, अनाथ बालबालिका र विपन्न बालबालिकालाई आवाशीय विद्यालयमा राख्ने योजना अघि बढेको छ । यसै सेसनबाट त्यो काम थालिन्छ । पहिलो वर्ष २५ जना र अर्को वर्ष ५० जना राख्ने भन्ने हाम्रो लक्ष्य छ । शिक्षाबाट बञ्चित हुन नदिने प्रयास छ । गाँउपालिकाको भवन निर्माणका लागि जग्गा खोजेर डिपिआर तयार पारिसकिएको छ । अब रकम आउनेवित्तिकै भवन निर्माण सुरु हुन्छ । हामीले १५ शैय्याको अस्पताल निर्माणका लागि प्रकृया थालेका छौँ ।

१५ रोपनी निःशुल्क जग्गा प्राप्त गरेका छौँ । त्यो कार्य पनि अघि बढ्छ । एक पालिका एक खेलमैदान निर्माणका लागि काम थालिएको छ । याङवरक ६ को बोजेधारा खेलमैदानलाई पालिका स्तरको बनाउने कार्य सुरु भएको छ । अन्य काम कर्मचारी अभावले केही चुस्त दुरुस्त गर्न सकिएको छैन । कहिले सचिव नहुने कहिले प्राविधिक नहुने समस्या छ । यो हाम्रो मात्रै नभएर देशैभरको समस्या पनि हो । कर्मचारी परिपूर्ति भएपछि सेवा प्रवाह अझै सहज हुने जनताले सहज रुपमा सेवा पाउने अपेक्षा गरेका छौँ ।

स्थानीय तह सञ्चालनका सन्दर्भमा जनप्रतिनिधिको भूमिका कमजोर भएको, कर्मचारी हाबी भएको, भ्रष्टाचार लगायत वेथिति बढ्यो भन्ने सुनिन्छ नी ?

हामी पहिलो जननिर्वाचित जनप्रतिनिधि हौँ । हामी काम गराइले तेश्रो वर्षमा प्रवेश गरेका छाँै । मेरो अनुभवमा कर्मचारी हाबी भएकै हो । संघ र प्रदेशमा पनि त्यस्तै छ भन्ने सुनिन्छ । ठूला काममा बाधा भएको सुनिन्छ । उहाँहरुले भन्ने चाँही यहाँहरुले निर्देशन गर्ने हो हामीले कार्यान्वयन गर्ने भन्नुहुन्छ । कता कता ठीक विपरित पनि भएको छ । केही काम गर्ने सन्दर्भमा मनोमानी भएको महशुस भएको छ । पहिलो वर्षमा पुरानै शैलीमा चल्नुपर्छ भन्ने मानसिकता पनि देखियो । विकास योजनामा पनि समस्या सिर्जना गरिएको देखियो । त्यस्तो मानसिकता देखियो । तर त्यो समस्या क्रमशः हल हुँदै गयो । हामीले सिस्टमको विकास हुँदै गएको छ । मैले मेरो वडामा वेथिति शून्यमा झार्ने प्रयत्न भइरहेको छ ।


वडाध्यक्षलाई कामको चाप बढि छ भनिन्छ । स्थानीय तह सञ्चालनमा पनि यहाँहरुको महत्वपूर्ण आवश्यक छ भनिन्छ । यहाँ गाँउपालिकाको केन्द्रको नजिकै पनि हुनुहुन्छ ? यहाँको अवस्था चाँही के छ ?

हाम्रो वडाको काममा ब्यस्तता, कार्यजिम्मेवारी, जवाफदेहिता छँदै छ । वडाध्यक्षले राम्ररी सबै काम गर्ने हो भने फुर्सद हुनसक्ने अवस्था छैन । सिफारिसदेखि विकास निर्माण, अनुगमन, नियमनमा हाम्रो भूमिका निर्णायक हुन्छ । पालिकाबाट अपेक्षाकृत काम उठाउन नसकिएकै हो । त्यसको मार हामीले खेप्नु परेको छ । केही केही नीतिगत निर्णय गर्न पनि समस्या हुन्छ । समन्वयको अभाव जस्तो, कता कता के के नमिलेजस्तो भान हुन्छ ।

बाहिर सुनिएको छ वडाध्यक्षहरु मध्ये याङवरकमा यहाँको सशक्त भूमिका रहने गर्दछ । पालिकामा काम उठाउन सकिएन पनि भन्नु भो ? यसलाई कसरी चिरेर जाने ? के छ योजना ? अरुबाट के कसरी सहयोग लिनुभएको छ ?

आम याङवरकवासीले हामीलाई साह्रै धेरै आशा गर्नुभएको छ । हामी हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित भएका हुँदा पार्टीले दिएको टिकट र गाँउपालिकावासीको अभिमतलाई ध्यान दिएर अघि बढ्छौँ । हामीलाई जनताले प्रत्यक्ष रुपमा नियालिरहनु भएको छ । मेरो बुझाई त के छ भने याङवरक गाँउपालिका भनेको एउटा सवारी हो । यसका ड्राइभर भनेका हामी जनप्रतिनिधि हौँ । यसका यात्रु भनेको याङवरकवासीहरु हुनुहुन्छ । हामीले सवारी चलाइरहँदा हामीले तलमाथि गर्यौँ भने, हामीले यसलाई राम्रोसँग चलाउन, उचित गतिमा हिँडाउन सकेनाँै, अवस्था बुझेनौँ भने दुर्घटना हुन्छ । हामीले अत्यन्तै सचेत र सजग हुनुपर्छ भन्ने लाग्छ । जनताले हामीलाई चाबी दिनुभएको छ । हामीले जिम्मेवारी पाउनु भन्दा जिम्मेवारी उचित रुपमा वहन गर्नु महत्वपूर्ण हो । हामीले यसमा चिन्तित हुनुपर्ने अवस्था छ ।

काम गर्ने सन्दर्भमा केही बाधा अड्चन छन् । जनताको आशा धेरै छ, अवसर धेरै छ र चुनौति पनि उत्तिकै छ । मेरै वडामा विभिन्न अवरोध सिर्जना गर्ने प्रयास भयो । मैले सबैको सहमतिमा नीतिगत निर्णय लिएको छु । अवरोध नभएको भए अहिलेसम्ममा वडा नं. ५ को वडा कार्यालय बनिसक्थ्यो । गाँउपालिकाको सन्दर्भमा कृषि, जंगल, जल, पर्यटन मुख्य सम्पदा हुन । यिनको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सकियो भने मलाई लाग्छ हाम्रो गाँउपालिका पाँचथरकै धनी गाँउपालिका हुन्छ । यहाँ धेरै सम्भाब्यता छन । यीनलाई हामीले राम्रोसँग बुझेर अघि बढ्ने कोशिस गरेका छौँ । हामी यहाँ जागिर खान नभई जनताको सेवा गर्ने मान्यताका साथ अघि बढ्नुपर्छ भन्ने मेरो धारणा छ ।

गाँउपालिकावासीलाई यहाँको सन्देश के छ ?

हामी निर्वाचित भएयता धेरै आशा याङवरकवासी जनताले गर्नुभएको छ । कतिपय काम गर्ने सन्दर्भमा अपेक्षाकृत काम गर्न सकेनौँ होला । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । आत्मआलोचना गर्नुपर्छ । तर केही केही आशा अलिकति आवश्यकता भन्दा बढी राखिएको पनि छ । काम गर्ने सन्दर्भमा हाम्रा केही कमजोरी पनि छन । आगामी दिनमा हामीले गर्दै गरेका कामहरु, अपुरा अधुरा कामहरु पूरा गर्दै जानेछौँ । काम गर्ने सन्दर्भमा हामीबाट कमजोरी भएका भए आम नागरिकका सल्लाह, सुझाव र प्रतिक्रियालाई ग्रहण गरेर हामी अघि बढ्ने म प्रण गर्दछु ।

जनताले हामीलाई चाबी दिनुभएको छ । हामीले जिम्मेवारी पाउनु भन्दा जिम्मेवारी उचित रुपमा वहन गर्नु महत्वपूर्ण हो । हामीले यसमा चिन्तित हुनुपर्ने अवस्था छ । काम गर्ने सन्दर्भमा केही बाधा अड्चन छन् । जनताको आशा धेरै छ, अवसर धेरै छ र चुनौति पनि उत्तिकै छ । मेरै वडामा विभिन्न अवरोध सिर्जना गर्ने प्रयास भयो । मैले सबैको सहमतिमा नीतिगत निर्णय लिएको छु ।

अवरोध नभएको भए अहिलेसम्ममा वडा नं. ५ को वडा कार्यालय बनिसक्थ्यो । गाँउपालिकाको सन्दर्भमा कृषि, जंगल, जल, पर्यटन मुख्य सम्पदा हुन । यिनको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सकियो भने मलाई लाग्छ हाम्रो गाँउपालिका पाँचथरकै धनी गाँउपालिका हुन्छ । यहाँ धेरै सम्भाब्यता छन । यीनलाई हामीले राम्रोसँग बुझेर अघि बढ्ने कोशिस गरेका छौँ । हामी यहाँ जागिर खान नभई जनताको सेवा गर्ने मान्यताका साथ अघि बढ्नुपर्छ भन्ने मेरो धारणा छ ।


गाँउपालिकावासीलाई यहाँको सन्देश के छ ?

हामी निर्वाचित भएयता धेरै आशा याङवरकवासी जनताले गर्नुभएको छ । कतिपय काम गर्ने सन्दर्भमा अपेक्षाकृत काम गर्न सकेनौँ होला । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । आत्मआलोचना गर्नुपर्छ । तर केही केही आशा अलिकति आवश्यकता भन्दा बढी राखिएको पनि छ । काम गर्ने सन्दर्भमा हाम्रा केही कमजोरी पनि छन । आगामी दिनमा हामीले गर्दै गरेका कामहरु, अपुरा अधुरा कामहरु पूरा गर्दै जानेछौँ । काम गर्ने सन्दर्भमा हामीबाट कमजोरी भएका भए आम नागरिकका सल्लाह, सुझाव र प्रतिक्रियालाई ग्रहण गरेर हामी अघि बढ्ने म प्रण गर्दछु ।

(याङवरक गाउँपालिकाको मासिक मुखपत्र ‘याङवरक सन्देश’बाट साभार)

प्रतिक्रिया दिनुहोस्