अनेरास्ववियूको संयोजकमा बेघा, सहसंयोजकमा सुवेदी



सूर्यमान बेघा र नारायण सुवेदी ।

फिदिम, ६ माघ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियू पाँचथरको संयोजकमा विद्यार्थी नेता सूर्यमान बेघा चयन भएका छन् ।

तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरका अध्यक्ष बेघाले कम्युनिष्ट पार्टी सम्वद्ध एकीकृत विद्यार्थी संगठनको नेतृत्व गर्ने अवसर पाउनुभएको हो । जिल्लाको याङवरक गाउँपालिका वडा नं. १ का बेघा २०६२ सालमा अनेरास्ववियू (क्रान्तिकारी)मा आवद्ध हुनुभएको थियो ।

२०६४ सालमा क्रान्तिकारीको जिल्ला कमिटी सदस्य बन्नुभएका बेघाले तीन पटक उक्त संगठनको नेतृत्व गर्नुभएको छ । बेघा नेकपा याङवरक गाउँपालिका कमिटीको सचिवालय सदस्य समेत हुनुहुन्छ । बेघाले एकीकृत संगठनलाई सक्रिय बनाई जिल्लाको विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पु¥याउन प्रयत्न गरिने वताउनुभयो ।

यस्तै अनेरास्ववियूको सहसंयोजकमा नारायण सुवेदी चयन हुनुभएको छ । सुवेदी तत्कालीन अनेरास्ववियु पाँचथरको उपाध्यक्ष हुनुहुन्थ्यो । याङवरक–५ का सुवेदी नेकपा याङवरक गाउँपालिका कमिटीको सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्