नेकपाले टुङ्ग्यायो राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार



फिदिम, १८ पुस

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिसभा निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश नं. १ बाट महिलामा इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ । प्रदेश नं. २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं. ३ मा नेकपाले महिला उम्मेद्वारमा गंगा बेल्बासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको छ । त्यस्तै गण्डकी प्रदेशबाट महिलाबाट भगवती न्यौपाने र अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ उम्मेद्वार बनाएको छ ।

प्रदेश नं. ५ मा महिला उम्मेद्वार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेद्वार चयन गरिएको छ । कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनाइएका छन् । सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई छन् ।

प्रतिक्रिया दिनुहोस्