
फिदिम, १२ पुस
पाँचथरको तुम्बेवा गाउँपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ ।
तुम्बेवा गाउँपालिका वडा नं. ५ निकालेका ७५ वर्षीय अटलसिंह राईको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । हिँजो साँझ आफ्नै बारीमा घाँस काट्ने क्रममा कान्लाबाट लडेरका राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।