छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित तीन जना पक्राउ



फिदिम, ७ पुस

प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

झापा मेचीनगर नगरपालिका–७ का खड्गबहादुर दर्जी र दीपेन कार्की लागू औषध खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ७ बजे मेचीनगर नगरपालिका–६ स्थित सिमानाकाबाट दुबै जनालाई ६ सय मिलिग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसै गरी धरानको तीनकुनेबाट धरान–८ का राजु बुढाथोकी लागू औषध सहित पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट चेकीङमा खटिएको प्रहरीले इटहरीबाट ट्याम्पुमा धरान आउँदै गरेका बुढाथोकीलाई चेकजाँच गर्ने क्रममा ९४ एम्पुल लुपिजैसिक, डाईजेलाप र फेरागन जस्ता लागू औषध सहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई सम्बन्धीत कार्यालयबाट कानूनी कारबाही अगाडी बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्