बोलेरो खस्दा ४ जनाको मृत्यु, २ जना घाइते



फिदिम, ३ पुस

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आज बिहान सवा ९ बजेको समयमा तामलडाँडाबाट कटारीतर्फ जाँदै गरेको SK 01 PB 3068 नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडक भन्दा करीव दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर उदयपुरको उदयपुरगढी गाँउपालिका वडा नं. ३ घर भई हाल मोरङ पथरी बस्ने ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

साथै मोरङको पथरी ४ का ३५ वर्षीय टीकाराम श्रेष्ठलाई उपचारका लागि कटारी अस्पतालमा पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसैगरी सोही दुर्घटनामा परेर गम्ीभर घाइते भएका मोरङ पथरीका लक्ष्मीप्रसाद राई र भारतको सिक्किमका पवन राईलाई उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्