प्रदेश १ मा लडेर चार जनाको मृत्यु



फिदिम, ३ पुस

प्रदेश नं. १ का विभिन्न जिल्लाका विभिन्न स्थानमा लडेर चार जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुशार ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नं. ६ स्थित फेदी जंगलको भीरबाट लडेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा फक्तालुङ–५ लामाटरका १८ बर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क घर भई फक्तालुङ गाउँपालिकामा बस्दै आएका २३ बर्षीय सुजन राई रहेका छन ।

हिजो बिहान १० बजे घर नजिकै रहेको फेदी जंगलमा मालिङगो काटन भनि हिडेका दुबै जना घर नफर्केपछि खोजी गर्दै जाने क्रममा सोही जंगलको भीरबाट लडेर दुबै जना मृत अवस्थामा फेला परेको मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका थिए ।

यस्तै इलामको इलाम नगरपालिका वडा नं. ८ का बर्ष वर्षीय टेकबहादुर राईको आज बिहान लडेर मृत्यु भएको छ । घरदेखि नजिकैको सार्वजनिक टहरोमा जादैँगर्दा एक्कासी लडेको अवस्थामा राईलाई घरको सदस्यले देखेपछि घर लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी भोजपुरको षडानन्द नगरपालिका वडा नं. ७ सालबोटे बस्ने वर्ष ६२ को मानबहादुर आले मगरको लडेर मृत्यु भएको छ । बुधबार साँझ ७ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्