सागमा पदक दिलाउने इलामका पाँच खेलाडी सम्मानित



फिदिम, २ पुस

१३ औँ सागमा पदक जित्ने इलामका पाँच खेलाडी सम्मानित भएका छन् । इलाम विकास समाजको आयोजनामा युवा अगुवा डम्बर खडकाले ५ जना खेलाडीलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा पुरुष फुटबल टिमका डिफेन्डर सन्दकपुर गाउँपालिका–५ जमुनाका छिरिङ गुरुङ, उसुमा स्वर्ण पदक विजेता देउमाई नगरपालिका–३ की जुनी राई, महिला फुटबलमा रजत पदक बिजेता सूर्योदय नगरपालिका–१२ की एञ्जिला सुब्बा, बीच भलिबलमा कास्य पदक बिजेता माङसेवुङ–१ की विनिता बुढाथोकी र सन्दकपुर–३ सुलुवुङका बिजय बुर्जा रहनुभएको छ ।

खेलाडीहरुलाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको थियो । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैया गर्नुभयो । कार्यक्रममा पदक बिजेताहरुको तर्फबाट बोल्दै जुनी राईले यस्ता सम्मानले खेलाडीहरुको खेलकौशल सुर्धानुका साथै आत्मबलमा बढाउनमा समेत सहयोग पुग्ने वताउनुभयो ।

कार्यक्रममा संविधानसभा अध्यक्ष नेम्वाङले इलाम कृषिमा मात्र नभएर खेलमा समेत अब्बल रहेको प्रमाणित भएको वताउनुभयो । “अभावमा वीचमा पनि राम्रो खेलेर मेडल दिलाइदिनुभएको छ । यसमा हामीलाई गर्व महशुुस भएको छ ।”

। कार्यक्रममा संविधानसभा अध्यक्ष नेम्वाङले इलाम कृषिमा मात्र नभएर खेलमा समेत अब्बल रहेको प्रमाणित भएको वताउनुभयो । “अभावमा वीचमा पनि राम्रो खेलेर मेडल दिलाइदिनुभएको छ । यसमा हामीलाई गर्व महशुुस भएको छ ।”

समाजसेवी खड्काले इलामबाट प्रतिनिधित्व गरेर पदक जित्ने खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । चियालगायत कृषिमा चिनिएको इलामको पहिचान खेलमा पनि स्थापित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गीको भनाई छ । (थाहा खवर डटकमबाट)

प्रतिक्रिया दिनुहोस्