पाँचथर बहुमुखी क्याम्पसमा मासिक शुल्क १६.६ प्रतिशतले घट्यो



फिदिम, २ पुस

पाँचथर बहुमुखी क्याम्पसले वृद्धि गरेको मासिक शुल्क घटाउन सहमति जनाएको अनेरास्ववियूले जनाएको छ ।

शुल्क वृद्धिको विरोधपछि क्यापस प्रशासनसँग मासिक शुल्क १६ दशमलव ६ प्रतिशतले घटाउने सहमति भएकोे अनेरास्ववियू क्याम्पस कमिटीले जनाएको छ । क्याम्पस प्रशासन र अनेरास्ववियू क्याम्पस कमिटीवीच उक्त शुल्क घटाउने सहमति भएको अनेरास्ववियू क्याम्पस कमिटीले विज्ञप्ति मार्फत जनाएको छ ।

क्याम्पस प्रशासनले मासिक शुल्कमा प्रति महिना १ सय ५० का दरले शुल्क बृद्धि गर्ने निर्णय गरेपछि अनेरास्ववियू विरोधमा उत्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्