सुम्हात्लुङ मिनि म्याराथुनको उपाधि प्रतापलाई



फिदिम, २७ मङ्सिर

चौंथो सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पाँचथरका प्रताप थाम्सुहाङले उचालेका छन् ।

चासोक मेला–२०७६ को अवशरमा बिहीबार सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा विकास प्रतिष्ठानले आयोजना गरेको मिनि म्याराथनमा फिदिम–१०, याङनामका प्रताप प्रथम भएका हुन् । प्रतापले मिनि म्याराथनका लागि निर्धारण गरिएको नौ किलोमिटरको दुरी २९ मिनेट ३० सेकेन्डमा पार गरेका थिए ।

३४ जना प्रतिश्पर्धीलाई पछि पार्दै बिजेता बनेका प्रताप गत बर्षको पनि बिजेता हुन् । उनले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरे । त्यस्तै मोरङका याङदेव राईले ३० मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै द्धितिय बने । ३१ मिनेट ३० सेकेन्डमा निर्धारित दुरी पूरा गरेका पाँचथरका कुशल राई त्रितिय बने ।

उनीहरुले क्रमशः नगद १५ हजार र नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरे । सान्तवना स्थान हाँसिल गर्न सफल अनिल राई, राजकुमार तुम्रोक, डिकेन लिम्बू, सुनिल लिम्बू र सुजित नेम्बाङले समान एक–एक हजार रुपैंयाँ प्राप्त गरे ।

ऐतिहासिकस्थल फिदिम–४, गढीस्थित सुम्हात्लुङ क्षेत्रको प्रचार–प्रसारमा सहयोग पुगोस भन्ने उदेस्यले हरेक बर्ष चासोक मेलाको अवशरमा सुम्हात्लुङ मिनि म्याराथनको आयोजना गरिंदै आएको आयोजक संस्थाका सचिव उपेन्द्र लाओतीले बताए । (पूर्व पोष्ट डटकमबाट)

प्रतिक्रिया दिनुहोस्