
फिदिम, २७ मङ्सिर
झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ का किशोर गुरुङलाई सतिघट्टा चोकबाट १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यस्तै प्रहरी चौकी केरखाको टोलीले विशेष सूचनाका आधारमा इलामको चुलाचुली–३ घर भई कमल गाँउपालिका वडा नं. ५ वस्ने दीपेश तामाङलाई कोठाबाट २० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यस्तै मोरङको विराटनगर महानगरपालिका वडा नं. १५ भन्सार कार्यालयको १ नं. ढाटबाट विरानगर–६ का अनुज खत्री १ ग्राम ६०० मिलीग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन । भारतको जोगवनीबाट नेपाल आउदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको जम्फरको टोपीमा लुकाई ल्याउदै गरेको खैरो हिरोइन बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
खत्रीको बयान प्रारम्भीक अनुसन्धानबाट लागू औषध ओसार पसारमा अन्य दुई जनाको समेत संग्लग्नता रहेको खुल्न आएपपछि प्रहरीले विराटनगर–६ का अयुव आलम र केराबारी गाउँपालिका–१० का तेजबहादुर लिम्बूलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।