
संखुवासभा, १० मङ्सिर
संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर तीन जना कामदार घाइते भएका छन् ।
आज बिहानको साढे २ बजे सुरुङमा काम गरिहेका अवस्थामा माथिबाट झरेको ढुङ्गाले लागेर तीन जना कामदार घाइते भएका हुन् । उनीहरु सबैजना भारतीय नागरिक घाइते छन ।
घाइते हुनेहरुमा भारतको आसाम नलबारीका २३ वर्षीय भाजिदिन अली, बरबताका २६ वर्षीय हस्तम अली र अलिकाद्वारका २८ वर्षीय अबुद कर गम्भिर घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।