दुई वटा सवारीले ठक्कर दिँदा वृद्धको ज्यान गयो



झापा, २० मङ्सिर

झापाको मेचीनगर नगरपालिका–१२ र बुद्धशान्ति गाउँपालिका–३ को सीमानामा पर्ने धाइजन चोक स्थित मेची राजमार्गमा बोलेरोको ठक्करबाट घाइते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजेको समयमा पैदलयात्री वुद्धशान्ति गाउँपालिका–३ बस्ने वर्ष ७० वर्षीय हरिप्रसाद न्यौपानेलाई विर्तामोडबाट इलाम तर्फ जाँदै गरेको प्रदेश नं. १–०१–००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिएर लडाएको थियो । उक्त समयमै सोही दिशा तर्फ जाँदै गरेको मे १ ज ३१९६ नम्बरको ट्याक्सीले ठक्कर दिएर घाइते बनाएको थियो ।

घाइते न्यौपानेलाई उपचारका लागि बिएण्सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो । ठक्कर दिने दुवै सवारी साधन तथा चालकहरुलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्