ठूलो परिमाणमा गाँजा सहित एक जना पक्राउ



धनकुटा, २० मङ्सिर

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ सानो सफाई बस्ने ५६ वर्षी राम राई उन्सत्तरी किलो गाँजा सहित पक्राउ परेका छन् ।

विहीवार दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले राईलाई उनकै घरबाट सो परीमाणको गाँजा सहित पक्राउ गरेको हो ।

राईले अवैध लागूऔषध गाँजा खेती तथा उत्पादन गरी बिक्री बितरण गर्ने गरेको सुराकका आधारमा उनको घरमा रित पूर्वक खानतलासी गर्दा घर भित्र जम्मा गरी राखेको एकाउन्न किलो तयारी गाँजा फेला पारी बरामद गरिएको थियो ।

उनैले वरपर बारीमा लुकाई राखेको अवस्थामा थप अठार किलो गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बरामद गरिएको गाँजा र पक्राउ परेका राईलाई नियन्त्रणमा लिइ अनुसन्धान प्रकृया अघि बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्