अबैध लागू औषध सहित तीन जना पक्राउ



फिदिम, २० मङ्सिर

झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गबाट तीन जना लागू औषध ब्राउनसुगर सहित पक्राउ परेका छन ।

बिहीवार साँझ ७ बजे इलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटिएको प्रहरी टोलीले एक युवती सहित तीन जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिर्तामोड बस्ने २१ बर्षीय राजकुमार राजवंशी, इलाम घर भएका १९ बर्षीय समिर महत र काठमाण्डौ सिनामंगलकी १८ बर्षीया पुजा शंकर रहेकी छिन ।

मे १ ह २४३० नम्वरको अटोरिक्सामा सवार गरी आएका तीनै जनालाई चेकजाँच गर्ने क्रममा सोही अटोका चालक समेत रहेका राजकुमार राजवंशीको साथबाट १२ ग्राम ब्राउनसुगर, १० पिस ट्रिडुल ट्याब्लेट, नगद ५९ हजार ६ सय रुपैयाँ र पूजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका समिर महत भने उनीहरुको सहयोगी रहेको खुल्न आएको छ । नियन्त्रणमा लिईएको अटो र पक्राउ परेका तीनै जना उपर थप अनुन्सधान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्