तुम्बेवामा नेकपाले बनायो सात वटा विभाग



फिदिम, १९ मङ्सिर

पार्टीको संगठन र गतिविधिलाई ब्यवस्थित एवं सवल बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुम्बेवा गाँउपालिका संगठन कमिटीले विभिन्न सात वटा विभागहरु गठन गरेको छ ।

बुधवार सम्पन्न नेकपा तुम्बेवाको सचिवालय बैठकले मङ्सिर १४ गते पाँचथरको फाल्गनुन्द, फिदिम नगरपालिका वडा नं. १ र हिलिहाङ गाँउपालिका वडा नं. ७ को उपनिर्वाचनको समीक्षा समेत गर्दै तुम्बेवामा अझ बलियो संगठन बनाउने तथा नेकपाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई थप जनउत्तरदायी बनाउने निर्णय गरेको छ ।

गाँउपालिका संगठन कमिटीका अध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेको अध्यक्षतमा बसेको बैठकले विभिन्न सात वटा विभाग गठन गरेको छ । जसअनुशार श्याम खड्का प्रमुख रहेको ५ सदस्यीय शिक्षा विभाग, विष्णु रार्य प्रमुख रहेको ५ सदस्यीय महिला विभाग र किरण शेर्मा प्रमुख रहेको ५ सदस्यीय युवा तथा खेलकूद विभाग गठन गरिएको छ ।

यसैगरी सहरसिंह तामाङ प्रमुख रहेको ३ सदस्यीय प्रचार विभाग, तुम्बेवा गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष कमल थापा प्रमुख रहेको ५ सदस्यीय स्थानीय विभाग, पृथी बुढाथोकी प्रमुख रहेको ३ सदस्यीय उद्योग ब्यवसाय विभाग र फूलबहादुर तामाङ प्रमुख रहेको ५ सदस्यीय योजना तथा अनुगमन विभाग गठन गरेको हो ।

बैठकले पार्टीको गाँउपालिका संगठन कमिटीका अध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेको अध्यक्षतामा ५ सदस्यीय गाँउपालिका कार्यालय टिम निर्माण गरेको छ । कार्यालय टिमको सदस्यहरुमा गाँउपालिका संगठन कमिटीका सचिव डिल्लीराम बुढाथोकी, कार्यालय सचिव नरेन्द्र शेर्मा तथा इन्द्रकुमार कुरुम्बाङ र सोम भण्डारी रहनुभएको छ ।

बैठकले संगठन विभाग र आर्थिक विभाग कार्यालय टिममा निहित रहने निर्णय गरेको छ । साथै बैठबल नेकपालाई सुदृढ, पारदर्शी र जवाफदेही बनाउन पार्टी पङ्तिलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख सहरसिंह तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्