अनेरास्वबियूद्वारा शुल्क वृद्धि फिर्ता लिन माग



फिदिम, १९ मङ्सिर

पाँचथर बहुमुखी क्याम्पसले विद्यार्थीको मासिक शुल्कमा वृद्धि गरेपछि अनेरास्वबियू विरोधमा उत्रिएको छ ।

आज अनेरास्वबियू पाँचथर बहुमुखी क्याम्पस इकाई कमिटीले बढाइएको शुल्क घटाउन माग गर्दै क्याम्पस प्रमुख खेमनाथ खतिवडालाई ज्ञापनपत्र बुझाएको छ । मासिक शुल्कमा २५ प्रतिशतले वृद्धि गरिँदा विद्यार्थीहरु मारमा परेको भन्दै अनेरास्वबियूले उक्त शुल्क वृद्धिको निर्णय तत्कालै सच्याउन माग गरेको छ ।

शुल्क वृद्धि फिर्ता नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी उक्त संगठनले दिएको छ । ज्ञापनपत्र बुझाएपछि अनेरास्वबियू पाँचथर बहुमुखी क्याम्पस इकाई कमिटीले कोणसभा समेत सम्पन्न गरेको अनेरास्वबियू पाँचथर बहुमुखी क्याम्पसका नेता प्रकाश लोहारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्