

फिदिम, १९ मङ्सिर
पाँचथरको फाल्गुनन्द गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा सहयोग गर्ने तथा सहभागी हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अध्यक्ष कुरुम्बाङलाई मतदान गरी आफूलाई विजयी गराउने फाल्गुनन्द गाँउपालिकाका सम्पूर्ण मतदाता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै आम मतदाता र पार्टीको निर्देशनअनुशार आफू अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । उहाँले फाल्गुनन्द गाँउपालिकाका अतिरिक्त फिदिम नगरपालिका र कुम्मायक, मिक्लाजुङ तथा तुम्बेवा गाँउपालिका, जिल्लाका अन्य स्थानका नेता, कार्यकर्ता, सहयाेगी एवम् शुभेच्छुकहरु, सम्पर्क मञ्च सहित देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरु साथै इलाम जिल्लाबाट समेत आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अध्यक्ष कुरुम्बाङले निर्वाचनलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अहोरात्र मेहनत गर्ने सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधिहरु, निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्द लगायतलाई समेत धन्यवाद दिनुभएको छ । उहाँले चुनावी प्रतिस्पर्धामा रहेका सबै दलहरुलाई समेत धन्यवाद ज्ञापन गर्दै आगामी दिन सबै पक्षको सुझाव लिँदै समृद्ध फाल्गुनन्द गाँउपालिका निर्माणमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।