

फिदिम, १५ मङ्सिर
पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वारको अग्रता ह्वात्तै बढेको छ ।
यस अघिसम्म करीब दुई सय मतले अघि रहेका नेकपाका उम्मेद्वार वीरबहादुर कुरुम्बाङको अग्रता बढेर ५३८ पुगेको छ । उहाँले ४८३० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले ४२९२ मत प्राप्त गर्नुभएको छ । यस्तै समाजवादी पार्टीकी विमला आङदेम्बेले २८२ मत प्राप्त गर्नुभएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २३४ मत प्राप्त गर्नुभएको छ ।