फाल्गुनन्द गाँउपालिकामा आधा मतगणना सम्पन्न



फिदिम, १५ मङ्सिर

पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनको मतगणनाको कार्य आधा सम्पन्न भएको छ ।

यहाँ गाँउपालिका प्रमुख पदमा १० हजार ८२३ मत झरेको थियो । निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दका अनुशार साँझ ६ बजेसम्ममा ५ हजार ७०३ मत गणना सम्पन्न भएको हो ।

हालसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार वीरबहादुर कुरुम्बाङले अग्रता कायम राख्नुभएको छ । उहाँले हालसम्म २ हजार ७२५ मत प्राप्त गर्नुभएको छ भने उहाँका नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले २ हजार ५३१ मत प्राप्त गर्नुभएको छ । हालसम्म मुख्य प्रतिस्पर्धीवीचको मतान्तर १९४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्