फाल्गुनन्दमा मतगणना सुरु, नेकपाको अग्रता



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १५ मङ्सिर

पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

विहान ९ः५० बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाएको छ । मतगणनाअनुशार नेपाल कम्युनिष्ट पार्टीका वीरबहादुर कुरुम्बाङले प्रारम्भिक अग्रता हाँसिल गर्नुभएको छ । ८४६ मत गणना हुँदा कुरुम्बाङले ४०४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले 3५४ मत प्राप्त गर्नुभएको छ । कुरुम्बाङले ५० मतको अग्रता हाँसिल गर्नुभएको हो । यहाँ समाजवादीकी विमला आङदेम्बेले ५३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्