उपनिर्वाचनः फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १५ मङ्सिर

उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ ।

जसअनुशार फिदिम नगरपालिका वडा नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई विजयी हुनुभएको छ भने हिलिहाङ गाँउपालिका वडा नं. नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो विजयी हुनुभएको छ । फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गर्नुभयो । भट्टराईले १ हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

हिलिहाङ–७ मा काँग्रेसका इधिङ्गोले ३० मतको अन्तरले विजय हाँसिल गर्नुभएको हो । उहाँले ८४२ मत प्राप्त गर्दा नेकपाका गेहनाथ रिजालले ८१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जनाएको छ । यस अघि फिदिममा काँग्रेस र हिलिहाङ ७ मा तत्कालीन नेकपा (एमाले)ले विजय हाँसिल गरेको थियो ।
रवीन्द्र काफ्लेबाट ।

प्रतिक्रिया दिनुहोस्