३ बजेसम्म ६३ प्रतिशत मत खस्यो, खसेको पूरा मत केही बेरमा



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १४ मङ्सिर

पाँचथरमा उपनिर्वाचनमा दिउँसो ३ बजेसम्ममा ६३.९१ प्रतिशत मत खसेको छ । खसेको पूरा मतको परिणाम केही समय पछि प्राप्त हुने निर्वाचन कार्यालयले जनाएको छ ।

३ बजेसम्मको मतपरिणामलाई हेर्दा करीब ६६ प्रतिशत मत खसेको अनुमान गरिएको छ । पाँचथरमा फाल्गुनन्द गाँउपालिकाको प्रमुख र फिदिम नगरपालिका वडा नं. १ तथा हिलिहाङ गाँउपालिका वडा नं. ७ को वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा २१ जना उम्मेद्वार थिए ।

प्रतिक्रिया दिनुहोस्