

फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १४ मङ्सिर
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं. १ मा मतदान गर्नुभएको छ ।
रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले विहान ७ः३६ मा फिदिम मावि मतदान स्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गर्नुभएको हो । मतदान पूर्व उहाँले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
फिदिम नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा नेम्वाङ वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनमा मतदानका लागि काठमाण्डौँबाट फिदिम आउनुभएको थियो । मतदान पूर्व उहाँले वडाध्यक्ष पदका उम्मेद्वारहरुलाई विजयको शुभकामना समेत दिनुभएको थियो ।
थप तस्बीरहरु :


