फिदिममा ४८ प्रतिशत मत खस्यो



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १४ मङ्सिर

फिदिम नगरपालिका वडा नं. १ मा दिउँसो १ः३० बजेसम्ममा झण्डै ४८ प्रतिशत मत खसेको छ ।
फिदिममा ३ हजार ६७६ मतदाता छन् । दिउँसो १ः३० बजेसम्ममा १ हजार ७ सय मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फिदिममा फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा चार वटा मतदान केन्द्र रहेका छन् । अहिले यहाँ मतदाताको लाइन बढ्दै गएको छ । यहाँ झण्डै तीन हजार मत खस्ने अनुमान गरिएको छ । फिदिम मतदान केन्द्रको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले अनुगमन समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्