
फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १२ मङ्सिर
उपनिर्वाचनमा पाँचथरमा ६६.१८ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
तीन रिक्त पदमा भएको उपनिर्वाचनमा पाँचथरमा कूल २२ हजार ८५३ जना मतदाता थिए । जसमध्ये १५१२५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । पाँचथरको फाल्गुनन्द गाँउपालिकामा गाँउपालिका प्रमुख पद ६५.४५ मत खसेको छ । यहाँ १६ हजार ५७७ जना मतदाता रहेकामा १० हजार ८५० जनाले मतदान गरेका छन ।
फिदिम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७०.२४ प्रतिशत मतदाताले मतदान गरेका छन् । यहाँ ३ हजार ७६७ मतदाता रहेकामा २ हजार ५८२ जनाले मतदान गरेका छन । यसैगरी हिलिहाङ गाँउपालिका वडा नं. ७ को वडाध्यक्ष पदका लागि ६२.१२ प्रतिशत मतदाताले मतदान गरेका छन् । यहाँ २ हजार छ सय मतदाता रहेकामा १ हजार ६९३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरमा फिदिम नगरपालिका वडा नं. १ र हिलिहाङ गाँउपालिका वडा नं. ७ मा आजै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ । फाल्गुनन्द गाँउपालिकामा भने दलहरु र निर्वाचन अधिकृतको कार्यालयवीच सम्वाद चलिरहेको छ ।