पाँचथरमा २८ प्रतिशत मत खस्यो



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १४ मङ्सिर

विहान ११ बजेसम्म पाँचथरका तीन स्थानमा भइरहेको उपनिर्वाचनमा २८ प्रतिशत मत खसेको छ ।

निमित्त जिल्ला निर्वाचन अधिकारी सरोज मेहताका अनुशार सबैभन्दा बढी फाल्गुनन्द गाँउपालिकामा मत खसेको छ । फिदिम नगरपालिका वडा नं. मा २५.०३ प्रतिशत, हिलिहाङ गाँउपालिका वडा नंं. ७ मा २०.१९ र फाल्गुनन्द गाँउपालिकामा ३०.०५ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो तीन वजे मत खसेको अपडेट तयार पार्ने मेहताले जानकारी दिनुभयो ।

पाँचथरमा दिउँसोको समयमा उत्साहपूर्वक मतदाता मतदानका लागि मतदानस्थलमा आएका छन् । यहाँ ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको छ । पाँचथरमा फाल्गुनन्द गाँउपालिकाको प्रमुख, फिदिम नगरपालिका वडा नं. १ को वडाध्यक्ष र हिलिहाङ गाँउपालिका वडा नं. ७ को वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्