चुनावी मसला बनाउन वेरुजुको भ्रम छरियो, सबै प्रमाण मसँग सुरक्षित छ : वीरबहादुर कुरुम्बाङ



फाल्गुनन्द खवर सम्वादादता
फिदिम, ११ मंसिर

मंसिर १४ गते हुने फाल्गुनन्द गाँउपालिका अध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार वीरबहादुर कुरुम्बाङको विजय निश्चित देखिएपछि उहाँविरुद्ध विनाप्रमाण वेरुजु र अनियमितताको हल्ला फैलाइएको छ ।

उपनिर्वाचनमा मत प्रभावित गर्ने उद्देश्यले भ्रष्टाचार र अनियमितताले थलिएको संस्था फक्ताङलुङ चिया वगान प्रा.लि.मा काम गर्दा कुरुम्बाङको बेरुजु रकम रहेको भन्दै प्रचारवाजी गरिएको हो । उम्मेद्वार कुरुम्बाङले फक्ताङलुङ चिया वगान प्रा.लि.मा जिम्मेवार पदमै नरहेका ब्यक्तिले अरुमाथि बेरुजु छ भन्नु हास्यास्पद रहेको वताउनुभएको छ ।

“किर्ते गरी रकम अपचलन गरेको अभियोग पुष्टि भई पाँच वर्ष जेल बसेका ब्यक्तिले मेरो बेरुजु छ भन्नु कति हास्यास्पद छ” कुरुम्बाङले भन्नुभयो “यो सबै कुरा उपनिर्वाचनमा मेरा विरुद्ध छरिएको भ्रम हो ।” कुरुम्बाङको बेरुजु रकम रहेको भनी पत्र लेखेका भनिएका सन्तवीर आङदेम्बे किर्ते र रकम अनियमितताको अभियोगमा जेल पर्नुभएको थियो ।

आफूले उक्त चिया वगानमा काम गर्दा बेरुजु रहेको भनि कसैले पनि आधिकारिक रुपमा नभनेको स्पष्ट पार्दै कुरुम्बाङले बेरुजु भएको भए प्रमाणसहित पत्र पठाइनुपर्ने वा कानूनी प्रकृया अवलम्बन गरिनुपर्ने वताउनुभयो । “मेरो बेरुजु भएको भए कानूनी प्रकृया अवलम्बन गर्नुपर्ने थियो । म, मसँग भएका प्रमाणहरु सहित कानूनी प्रकृयामा सहभागी हुन्थे” कुरुम्बाङले भन्नुभयो “यो दुई÷चार दिनमा कसरी बेरुजुको कुरा आयो ? यो त चुनाव हार्ने भएपछि काँग्रेसले पिटेको हल्ला मात्रै हो ।”

आफू उक्त चिया वगानमा कार्यरत रहँदा गरेका सम्पूर्ण आर्थिक कृयाकलापको प्रमाण सुरक्षित रहेको स्पष्ट पार्दै कुरुम्बाङले काटिएका चेकको सम्पूर्ण भरपाई आफूसँग सुरक्षित रहेको वताउनुभयो । “मेरो बेरुजु छ भनी पत्र तत्कालीन कार्यकारी निर्देशक सन्तवीर आङ्देम्बेले पत्र लेखेको भनी भ्रम फैलाइएको सुनेको छु । सबै आर्थिक कारोबारमा उहाँले नै लेखेर दिनुभएका प्रमाणहरु मसँग सुरक्षित छन्” कुरुम्बाङले भन्नुभयो ।

आफूले प्राप्त गर्नेगरी हालसम्म बेरुजुसम्बन्धी कुनैपनि पत्र नपठाई अहिले पत्र पठाइएको भनी हल्ला फैलाउनु फाल्गुनन्दमा आफ्नो लोकप्रियताबाट आत्तिएकाहरुको चुनावी हतकण्डा भएको कुरुम्बाङको भनाई छ । “यत्तिका वर्ष वित्यो । हालसम्म केही कुरा आएन् । बेरुजु हुने कुनै सम्भावना समेत छैन् । कागजी रुपमा मलाई फसाइए त्यसको प्रतिवाद गर्न पनि म असक्षम छैन्” उहाँले भन्नुभयो “यो सबै कुरा मेरो लोकप्रियताबाट डराएकाहरुले फैलाएको भ्रम हो । सबै फाल्गुनन्दवासीलाई यो भ्रममा नपर्न हार्दिक अपील गर्दछु ।”

साथै हालै पत्र लेखेको भनिएका सन्तवीर आङ्देम्बेलाई कार्यकारी निर्देशक हुँदाका सम्पूर्ण कागजात प्रालिलाई बुझाउनु भनी प्रालि अध्यक्षले पत्र लेखेकाले आङ्देम्बे स्वयं उक्त प्रालिको सम्पूर्ण आर्थिक कारोबारमा जिम्मेवार रहेको कुरुम्बाङले स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवाईमा फाल्गुनन्द गाँउपालिकाको विकास र समृद्धि, यहाँका स्थानीयलाई सेवा सुविधा उपलब्ध गराउन महत्वपूर्ण प्रयत्न गरिएपछि आफूविरुद्ध दुष्प्रचार भएको कुरुम्बाङको भनाई छ । “म चुनावी अभियानमा छु । मैले यस विषयमा थप प्रष्ट पार्ने मौका नै नदिई मतदानको सम्मुखमा यस्तो हल्ला गर्नु भ्रमको खेती बाहेक के हुनसक्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

फाल्गुनन्द गाँउपालिकामा उपनिर्वाचनका क्रममा सबै वडाबाट सयौँ गाँउपालिकावासी नेकपामा प्रवेश गरेको, युवादेखि जेष्ठ नागरिकसम्म आफूलाई जिताउन लागेको देखेपछि यो कुरा सहन नसकेर यस प्रकारको भ्रम फैलाइएको कुरुम्बाङको भनाई छ ।

प्रदेश र संघीय सरकारले आफ्नै पहलमा अर्बौँ रकमको योजना फाल्गुनन्दमा गाँउपालिकामा विनियोजन गर्नु, ती योजनाले स्थानीयलाई ठूलो लाम मिल्नु, गाँउपालिकामा रहेको जनप्रतिनिधिभन्दा आफू गाँउपालिकाको विकास र परिवर्तनमा दृढताका साथ लाग्नुले विकासको विपक्षमा रहेका मानिसहरुले भ्रम र अफवाह फैलाउने बाहेक अन्य केही काम गर्न नसकेको कुरुम्बाङको भनाई छ । “कुनै संस्थामा जिम्मेवारीमै नरहेका, आफैँ भ्रष्टाचारको अभियोग पुष्टि भई सजाय भोगिसकेका ब्यक्तिले मलाई विभिन्न आरोप लगाउनुभन्दा हास्यास्पद अरु के हुनसक्छ” कुरुम्बाङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्