तरुण दलका वडा अध्यक्ष सहित १५ युवा नेकपामा प्रवेश



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १० मंसिर

नेपाल तरुण दल फाल्गुनन्द गाँउपालिका वडा नं. ७ का वडा कार्यसमिति अध्यक्ष टीका आङदेम्बे सहित स्थानीय १५ जना युवा मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन ।

नेकपाबाट मात्रै समृद्धि र परिवर्तन सम्भव रहेको भन्दै उनीहरु नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपामा स्वागत गर्दै नेकपाबाट आसन्न गाँउपालिका अध्यक्षको उपनिर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार वीरबहादुर कुरुम्बाङले नवप्रवेशीलाई साथै लिएर उचित जिम्मेवारी दिँदै अघि बढ्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्