हामीलाई गाँउघर बनाउन दिइएन्, बजेट ल्याउन गाँउपालिकाले अवरोध गर्यो : वडाध्यक्ष चेम्जोङ



फाल्गुनन्द खवर सम्वाददाता
फाल्गुनन्द, ९ मंसिर

फाल्गुनन्द गाँउपालिका वडा नं. ४ का वडाध्यक्ष मनबहादुर चेम्जोङले गाँउपालिकाको अवरोधका कारण गाँउमा बजेट भित्र्याउन नसकिएको वताउनुभएको छ ।

प्रदेश सरकार र संघीय सरकारसँग बजेट माग गरेर गाँउघरको विकास गर्ने प्रयास गर्दा गाँउपालिकाले अवरोध गरेको वडाध्यक्ष चेम्जोङको भनाई छ । “हरेक विधि अपनाएर हाम्रो गाँउघर बनाउन दिइएको छैन्” वडाध्यक्ष चेम्जोङले भन्नुभयो “योजना माग गर्नै अवरोध गर्ने, गाँउपालिकाबाट सिफारिस नदिने जस्ता काम भएका छन् ।”

फाल्गुन्द गाँउपालिका वडा नं. ५ चिलिङदिनमा आइतवार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष चेम्जोङले भन्नुभयो “यदी विकास गर्नैपर्छ भने वीरबहादुर कुरुम्बाङलाई विजयी गराउनुपर्छ । नेकपा पराजित भए फेरी गाँउघरको बनाउन रोकिनेछ ।”

फाल्गुनन्दको विकास रोक्न बहुमतमा रहेका नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले उहाँहरुले धेरै दुष्प्रयास गरेको चेम्जोङको आरोप छ । “प्रदेश सरकारसँग माग गरेर बजेट र योजना ल्याइयो भनेपनि धेरै बाहना गरेर काम गर्न दिइदैन्” वडाध्यक्ष चेम्जोङले भन्नुभयो “अब केन्द्रमा पनि वसन्तकुमार नेम्वाङ मन्त्री हुनुभयो । उहाँले योजना दिनुभयो भनेपनि यहाँ काम गर्न दिँदैनन्, गाँउघर बनाउन दिँदैनन् ।”

उपनिर्वाचनमा नेकपालाई पराजित गर्न विभिन्न आरोपहरु लगाइएको उहाँको भनाई छ । भाषा शिक्षक नियुक्तिबारे जानकार वडाध्यक्ष चेम्जोङले भन्नुभयो “हामीलाई भाषा विरोधी भनेर पनि लाग्नुभएको छ । तर, भाषा शिक्षक नियुक्तिका विषयमा पटक–पटक मिटिङमा म आफू पनि बसेको थिएँ । विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु डेलिगेसनको रुपमा दुई तीन पटक गाँउपालिकामा जाँदा पनि उहाँहरु (गाँउपालिका कार्यवाहक अध्यक्ष लगायत) केही नटेरी आफ्नो मान्छेलाई नियुक्ती दिनुपर्छ भनेर लाग्दा विद्यालय ब्यवस्थापन समितिले मनपरी गर्नु हुँदैन् भनेर न्याय खोज्नुभो ।”

उक्त प्रकरणबारे थप प्रष्ट पार्दै वडाध्यक्ष चेम्जोङले थप्नुभयो “तर न्याय खोज्दैगर्दा उहाँहरु आफ्नो हिसाबले बाहना खोज्दैछन् । यहाँ अनेक बाहना गरिएको छ । साथीहरुलाई सरम लाग्नुपर्ने, साथीहरु सरम पचेका छन् ।”

फाल्गुनन्द गाँउपालिकाको विकासको कुरा, गाँउपालिका भित्रका समस्याका कुरामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो स्थानीय जनप्रतिनिधिहरु जत्तिकै जानकार रहेको, नेकपाका गाँउपालिका अध्यक्ष पदका उम्मेद्वार वीरबहादुर कुरुम्बाङ जनप्रतिनिधि नभएपनि गाँउपालिकाको विमासमा जनप्रतिनिधिभन्दा जिम्मेवार भई लागेको वडाध्यक्ष चेम्जोङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्