यस्तो छ नेकपाका उम्मेद्वार गजाधर भट्टराईको प्रतिवद्धता



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ९ मंसिर

मंसीर १४ गते हुने उपनिर्बाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट फिदिम नगरपालिका वडा नं. १ वडाध्यक्ष पदका उम्मेद्वार गजाधर भट्टराईले आफू बिजयी भए खानेपानी महसुललाई सहज बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ।

आइतबार चुनाबी प्रतिवद्धता–पत्र सार्वजनिक गर्दै भट्टराईले फिदिम बजार क्षेत्रमा वितरित पानीमा न्यूनतम महसुल शुल्क एक सय रुपैंयाँ कायम गरी बाँकि महसुलमा ७० प्रतिशत घटाउन सकिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

भट्टराईले स्वच्छ पिउने पानीको ब्यवस्थापनका लागि बजार क्षेत्रका सार्वजनिक धाराहरुको संरक्षण गर्ने, अग्नी नियन्त्रक उपकरण अपुग रहेकाले रिजर्भ पानी ट्याङ्कीको व्यवस्थापनसँगै चोक–चोकमा अग्नि नियन्त्रण प्रबिधि जडान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

जारी गरिएको प्रतिवद्धता–पत्रमा फिदिम बजार क्षेत्रभित्र र वडाको गाम्रीण क्षेत्रका सडकहरुलाई स्तरोन्नती गरी सुबिधासम्पन्न बनाउने, वडाभित्र पूर्ण रुपमा बिद्युतीकरण हुन बाँकि क्षेत्रहरुमा बिद्युतीकरणलाई पूर्व बनाउने, सडक बत्तिलाई व्यवस्थित गर्ने लगायत उल्लेख छ ।

खेलकुद, धार्मिक, साँस्कृतिक र पर्यटन, शिक्षा तथा स्वास्थ्य त्यस्तै कृषि, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा समेत उल्लेख्य काम गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

आवस्यक बजेट ब्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गर्ने भट्टराईले वताउनुभयो । फिदिम नगरपालिका वडा नं. १ बिकासका लागि आगामी १४ मंसीरमा हुने उपनिर्बाचनमा आफूलाई सूर्य चिन्हमा मतदान गरे बिजयी गराउन उनले वडाबासीसँग अपिल गर्नुभयो ।

प्रतिवद्धता–पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले फिदिम–१ को समृद्धिको लागि नेकपाको उम्मेद्वार बिजयी हुन आवश्यक रहेको र बिजयी हुने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्