हिलिहाङ ७ मा २९ जना नेकपामा प्रवेश



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ८ मंसिर

यही मंसिर १४ गते उपनिर्वाचन हुन लागेको पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ७ मा स्थानीयवासी नेकपातर्फ आकिर्षत भएका छन । यस वडामा शनिवार र आइतवार विहान मात्रै २९ जना स्थानीयवासी नेपाल कम्युनष्टि पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । उहाँहरु नेपाली काँग्रेस, राप्रपा, समाजवादी लगायत दलबाट नेकपामा आवद्ध हुनुभएको हो ।

आइतवार विहान हिलिहाङ ७ साविक सुभाङ गाविस वडा नं. १ तम्फुवा र खाम्खुका १५ जना स्थानीय नेकपामा प्रवेश गर्नुभयो । नेपाली काँग्रेका स्थानीय नेताहरु गंगाप्रसाद तिम्सिना, वीरबहादुर घिसिङ सहित स्थानीयवासी सुवास योक्पाङदेन, तुलाराम चापागाई, खड्गबहादुर ङारदेन, धनबहादुर तामाङ, यामबहादुर तामाङ, राकेश तामाङ, खड्गबहादुर घिसिङ, खगेन्द्र ङारदेन, डोमा तामाङ, फूलमाया तामाङ, मनमाया घिसिङ, श्रीहाङ योक्पाङदेन, शान्ता राई तामाङ नेकपामा प्रवेश गर्नुभएको हो ।

शनिवार मात्रै हिलिहाङ ७ साविक भारापा ९ चुक्फारामा स्थानीय अगुवा खगेन्द्र योक्पाङदेनको नेतृत्वमा १४ जना नेकपामा प्रवेश गर्नुभयो । उहाँहरुलाई प्रदेश सभा सदस्य गणेशकुमार काम्बाङ, नेकपा प्रदेश कमिटी सदस्य कमलप्रसाद जवेगू, नेकपा नेता नरबहादुर दुलाल लगायत नेताहरुले स्वागत गर्दै उचित जिम्मेवारी दिने वताउनुभयो । नवप्रवेशीहरुले नेकपाका उम्मेद्वार गेहनाथ रिजाललाई विजयी गराउन तथा नेकपाको अगुवाईमा अघि बढेको विकास र समृद्धिको अभियानमा सघाउन आफूहरु नेकपामा प्रवेश गरेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्