हिन्दू राष्ट्र माग्ने काँग्रेसले नेकपालाई भाषाविरोधी भन्नु हास्यास्पद्ः पूर्वमन्त्री सम्बाहाम्फे



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ७ मंसिर

पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फेले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर माग राख्ने नेपाली काँग्रेसले आफूलाई भाषा संस्कृतिको संरक्षक भन्नु र नेकपालाई मातृभाषा विरोधी भन्नु हास्यास्पद् रहेको वताउनुभएको छ ।

विगतमा समेत जवरजस्ती धर्म निरपेक्ष राज्य घोषणा गर्न तयार भएको काँग्रेस अहिले हिन्दू राष्ट्र ब्यूँताएर प्रतिगमन तर्फ लागेको सम्बाहाम्फेको भनाई छ । “काँग्रेसका शीर्षस्थ नेताहरुले नै हिन्दू राष्ट्रको पक्षमा खुलमखुल्ला वकालत गरिरहेका छन् । काँग्रेस सबै जात–जाति, भाषा–भाषि समेट्ने धर्म निरपेक्ष राज्य समाप्त पार्न लागिपरेको वताउँदै उहाँले फाल्गुनन्द गाँउपालिकामा काँग्रेसले नेकपालाई मातृभाषा विरोधी भनेर आरोप लगाउनु हास्यास्पद रहेको वताउनुभयो ।

नेकपा फाल्गुनन्द गाँउपालिकाले फाल्गुनन्द ५ फाक्तेपमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री सम्बाहाम्फेले हास्यास्पद कुराहरु जनताले विश्वास नगर्ने वताउनुभयो । उहाँले काँग्रेसले निरन्तर विधि र कानून मिच्ने गरेको वताउनुभयो । फाल्गुनन्द गाँउपालिकामा मात्रै नभई देशैभर काँग्रेसले विधि, प्रकृया र कानून मिचेको दृष्टान्त उहाँले पेश गर्नुभयो । काँग्रेसले मिचेको कानूनी ब्यवस्थालाई सच्याउन खोज्दा नेकपामाथि विभिन्न आरोप लगाइएको उहाँको भनाई छ ।

नेकपाको सरकारले कानून कार्यान्वयनमा कसैलाई नछोडेको वताउँदै उहाँले काँग्रेसले बर्षौँसम्म लुकाएका सांसद् मोहम्मत अफ्ताव आलमलाई नेकपाको सरकारको प्रयासमा कानूनी दायरामा ल्याइएको वताउनुभयो ।

कार्यक्रममा नेकपाबाट फाल्गुनन्द गाँउपालिका अध्यक्ष पदका उम्मेद्वार वीरबहादुर कुरुम्बाङले नेकपाको प्रदेश र संघीय सरकारको बजेट समेत काँग्रेसका जनप्रतिनिधिले रोक्ने प्रयास गरेको उदाहरण पेश गर्दै उहाँले आफू अध्यक्ष निर्वाचित भएपछि आफूले प्रदेश र केन्द्रसँग पुलको काम गर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्