फाल्गुनन्दमा राप्रपा संयुक्तका युवा संगठन अध्यक्ष सहित ७० जना नेकपामा प्रवेश



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २ मंसिर

फाल्गुनन्द गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का युवा संगठन जिल्ला अध्यक्ष घनेन्द्र चेम्जोङ सहित ७० जनाले पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

जिल्ला सदस्य रमेश चेम्जोङ, नरविर चेम्जोङ, क्षेत्रिय महिला सदस्य रेखा चेम्जोङ र कार्यकर्ताहरु पूर्ण चेम्जोङ, याम चेम्जोङ, बसन्त चेम्जोङ, सरोज चेम्जोङ, भीम चेम्जोङ, समीर चेम्जोङ ,रुपन चेम्जोङ लगायत नेकपामा प्रवेश गरेका हुन् ।

मंगलबार नेकपाको गाँउपालिका पार्टी कार्यालयमा वडा न.–५ वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी वडाध्यक्ष टीकाचन्द्र चेम्जोङको अध्यक्षतामा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले नवप्रवेशीलाई फूलमाला अविरले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा फाल्गुनन्द इन्चार्ज प्रेमप्रसाद रिजाल, नेकपा तर्फबाट फाल्गुनन्द गाँउपालिका अध्यक्ष पदका उम्मेदवार वीरबहादुर कुरुम्वाङ, जिल्ला कमिटी सचिवालय सदस्य शंकरध्वज नेम्वाङ, जिल्ला सदस्य वीरनरसिं चेम्जोङ, नेता केहेरसिं चेम्जोङ, पाँचथर काठमाडौं सम्पर्क समिति सदस्य राजु लिम्बू, फाल्गुनन्द नेकपा सचिवालय सदस्य विनोद आङ्देम्बे समेतको उपस्थिति थियो ।

नेकपाले फाल्गुनन्द गाँउपालिकाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको, गाँउपालिका तथा जिल्लाको रुप बदल्ने योजना कार्यान्वयनमा ल्याएको र गाँउपालिकालाई भ्रष्टाचार र वेथितिमुक्त राख्न अभियान चलाएकाले नेकपा उम्मेद्वार कुरुम्बाङलाई विजयी गराउन आफूहरु नेकपामा समाहित भएको वताएकाे नेकपा फाल्गुनन्द-५ का सचिव पञ्चबहादुर चेम्जोङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्