दुई विद्यालयका ७४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १ मंसिर

जागरण फाउण्डेसन फिदिमले फिदिम नगरपालिका वडा नं. ८ का दुई विद्यालयका ७४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

फाउण्डेसनले फिदिम नगरपालिका–८ घलेगाँउको सिद्ध आधारभूत विद्यालयका ६८ जना विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल लगायत सामग्री वितरण गरेको छ । रानीटार माध्यमिक विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्र बाँस्कोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सिद्ध आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर राई, शिक्षक अभिभावक संघका अध्यक्ष बिर्खबहादुर गुरुङ लगायतले शैक्षिक सामग्री वितरण गर्नुभएको फाउण्डेसनकी सचिव मनिषा आचार्यले जानकारी दिनुभयो ।

यसैगरी शान्ति क्षेत्र बाल विकास केन्द्र फिदिम–८ मङ्सिरेका ६ जना विद्यार्थीहरुलाई जाडो मौसममा उपयोगी स्वीटर वितरण गरिएको छ । रानीटार माध्यमिक विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्र बाँस्कोटाकै प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम बाल विकास केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष लाक्पा शेर्पा लगायत शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

फिदिम नगरपालिका वडा नं. ८ घलेगाँउ घर भई दक्षिण कोरियामा रोजगारीमा रहेका कुमार मुखियाको प्रायोजनमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको फाउण्डेसनका अध्यक्ष प्रदीप बाँस्कोटाले जानकारी दिनुभयो । फाउण्डेसनले विशेषत शैक्षिक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्