फाल्गुनन्दमा नेकपामा प्रवेशको लहर



फाल्गुनन्द खवर डटकम
फाल्गुनन्द, २९ कात्तिक

आगामी मंसिर १४ गते गाँउपालिका प्रमुखको उपनिर्वाचन हुन लागेको पाँचथरको फाल्गुनन्द गाँउपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर चलेको छ ।

निर्वाचन अभियान सुरु भएयता गाँउपालिकाका सबै वडाबाट विभिन्न दलका स्थानीय नेता कार्यकर्ता प्रवेशको लहर चलेको हो । विहीवार फाल्गुनन्द–२ इम्बुङमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसबाट बीस जना स्थानीयवासी नेकपामा प्रवेश गरे ।

बुधवार उपनिर्वाचनका लागि उम्मेद्वारी दर्तापछि आयोजित सभामा फाल्गुनन्द–३ पौवासारताप र फाल्गुनन्द–६ आङसराङबाट काँग्रेस र समाजवादी पार्टीबाट १२ जना विभिन्न दलका कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

केही दिन अघि फाल्गुनन्द गाँउपालिका–७ खामेलाखका १७ परिवार काँग्रेसबाट नेकपामा प्रवेश गरेका थिए । त्यसअघि फाल्गुनन्द–३ पौवासारताप, फाल्गुनन्द–२ इम्बुङ लगायत स्थानबाट समेत नेकपामा प्रवेशको लहर चलिरहेको छ ।

नेकपाले फाल्गुनन्द लगायत जिल्लाको विकासमा महत्वपूर्ण कदम चालेको, वेथिति र भ्रष्टाचार अन्त्यको संस्थागत प्रयास गरेको र नेकपाबाट मात्रै मुलुकको रुपान्तरण सम्भव रहेको ठम्याईका साथ नेकपामा प्रवेश गरेको र नेकपाका उम्मेद्वार वीरबहादुर कुरुम्बाङलाइ विजयी गराउने नवप्रवेशीहरुले वताउने गरेका छन् ।

नवप्रवेशीहरुलाई प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेकपा केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज इन्द्रबहादुर आङ्बो ‘मौसम’, नेकपा नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङ, संविधानसभा सदस्य, नेकपा केन्द्रीय सदस्य एवम् पाँचथर जिल्ला सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङ, नेकपाबाट गाँउपालिका अध्यक्षका उम्मेद्वार वीरबहादुर कुरुम्बाङ, नेकपाका नेताहरु प्रेमप्रसाद रिजाल, शंखध्वज नेम्वाङ, ठाकुरसिंह नेम्वाङ, देउप्रसाद आङ्देम्बे, करुणा राई, मुक्ति आचार्य, पेम्बा शेर्पा लगायत नेताहरुले स्वागत गर्दै उचित जिम्मेवारी दिने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्