
फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २८ कात्तिक
धनकुटा नगरपालिका–८ चुलिवनका २० बर्षीय सोचकुमार राई तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
बुधवार अपरान्ह पौने ५ बजेको समयमा मुलघाटमा साथीहरुसँग पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा उनी बेपत्ता भएका हुन् । बेपत्ता भएका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरिहेको उक्त कार्यालयले जनाएको छ ।