जे भन्यौँ त्यो पुर्यायौँ, विकास र समृद्धिको युग सुरुआत गर्यौँः सांसद् वसन्तकुमार नेम्वाङ



प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङ ।

फाल्गुनन्द खवर सम्वाददाता
फाल्गुनन्द, २८ कात्तिक

पाँचथरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले तत्कालीन बाम गठबन्धनले निर्वाचनपूर्व गरेका प्रतिवद्धताहरु क्रमशः पूरा गर्दै लगेको वताउनुभएको छ ।

पाँचथरको फाल्गुनन्द गाँउपालिकामा हुन लागेको गाँउपालिका प्रमुखको उपनिर्वाचनका क्रममा आफ्नो दलको उम्मेद्वारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै सांसद् नेम्वाङले गठबन्धनले ब्यक्त गरेका प्रतिवद्धता क्रमशः पूरा गर्दै आएको वताउनुभएको हो । “चुनावपछि पार्टी एकता गर्छौँ । स्थिर सरकार बनाउँछौ । विकास, सुशासन र समृद्धिको अभियानमा मुलुकलाई अघि बढाउँछौँ भनेका थियौँ” सांसद् नेम्वाङले प्रश्न गर्नुभयो “आज हेर्नुहोस् हामीले कुन विकासको काम बाँकी राख्यौँ ? दुई वर्षमा गर्ने घोषणा गरेको कुन प्रतिवद्धताअनुशार काम गरेनौँ ?”

नयाँ सरकार निर्माणपछि विकास र समृद्धिका अतिरिक्त सामाजिक सुरक्षा प्रवद्र्धन गर्दै जेष्ठनागरिक, एकल तथा अशक्तलाई मासिक पाँच हजार भत्ता दिने मार्गमा सरकार अघि बढेको नेम्वाङको भनाई छ । उहाँले पूर्वाधार निर्माण मात्रै नभई सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयत्न भएको, रोजगारी सिर्जना तथा कृषिको आधुनिकीकरणको प्रयास अघि बढाइएको, सुशासन कायम गर्न कुनै कसर बाँकी नराखिएको वताउनुभयो ।

पाँचथरमा जिल्ला अस्पतालको स्तरवृद्धि, दुई वटा १५ शैय्याका अस्पताल निर्माण र पाँच जना स्वास्थ्यकर्मी र प¥याप्त औषधि सहित १३ स्वास्थ्यचौकीको स्तरोन्नति सम्पन्न भएको जानकारी दिँदै सांसद् नेम्वाङले चाँडै प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गरिने दृढता ब्यक्त गर्नुभयो । आफूहरुकै पहलमा तमोर जलाशययुक्त आयोजना निर्माण सुनिश्चित भएको वताउँदै नेम्वाङले फाल्गुनन्द गाँउपालिकामा मात्रै प्रदेश र केन्द्रीय सरकारका गरी ५० वटाभन्दा बढी ठूला आयोजना निर्माण भइरहेको वताउनुभयो ।

१०१ किमी दुरी रहेको राँके–रबी–भेडेटार सडक प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र उहाँकै शिलान्यासमा निर्माण सुरु भएको, दमक–चिसापानी–रबी सडक निर्माण हुने सुनिश्चित भई २ अर्ब ३० करोड बजेट छुट्टिएको र नवमीडाँडालाई फिदिम जोड्ने सडक कालोपत्रेको काम अघि बढेको उहाँले जानकारी दिनुभयो । यी तीन सडकले फाल्गुनन्दको मुहार फेर्न, कृषि उपज निर्यात गर्न ठूलो मद्दत पुगेको उहाँको भनाई छ ।

संघीय सरकारका अतिरिक्त प्रदेश सरकारले अर्बौँका योजना फाल्गुनन्दमा कार्यान्वयनमा ल्याएको भन्दै फाल्गुनन्द गाँउपालिकाको विकासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कुनै कसर बाँकी नराखेको वताउनुभयो । प्रदेश सरकारले सिवादोभान–नवमीडाँडा सडक, नवमीडाँडा–घुर्विसेपञ्चमी सडक, उत्तरे–यासोक सडक, डेरी–मेहेलबोटे सडक, थाक्ले–यासोक सडक, २१ करोडको लिफ्टिङ खानेपानी आयोजना निर्माणको कार्य अघि बढाएर फाल्गुनन्दको मुहार फेर्न सार्थक कदम चालेको वताउनुभयो ।

दर्जन बढी खेलमैदान निर्माण अघि बढेको, विद्युतिकरण द्रुत गतिमा अघि बढेको जानकारी दिँदै नेम्वाङले बजेटको अभाव नरहने अवस्था निर्माण गरिएको वताउनुभयाे । उहाँले स्थानीय सरकार प्रदेश र संघीय सरकारजस्तै दुरगामी सोच सहित अघि बढ्न नसकेको वताउँदै नेकपाका उम्मेद्वारको विजयले मात्रै तीनै तहवीच समन्वय, विकास र समृद्धिमा छलाङ मार्न सहज हुने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्