रुखबाट लडेर १ जनाको मृत्यु



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २६ कात्तिक

उदयपुरको ताप्ली गाउँपालिका–१ फलाँटे बस्ने ४५ बर्षीया भरिमाया राईको रुखबाट लडेर मृत्यु भएको छ ।

सोमवार दिउँसो पौने ३ बजेको समयमा घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा रुखबाट लडेर घाइते भएकी राईलाई उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्