
फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २६ कात्तिक
सुनसरीको कोशी गाउँपालिका–४ मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिहान साढे ९ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको स १ झ २६८ नम्बरको गाडीले बिपरित दिशाबाट आउँदै गरेको को ३० प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार रहेका झापाको पृथ्वीनगर नगरपालिका–४ का २९ बर्षीय दिपेश मुखिया सुनुवारको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–१० का योगेसकुमार धिमालको बिराट नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटना भएका दुबै सवारी साधन र स १ झ २६८ नम्बरका गाडी चालकलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।