
फाल्गुनन्द सम्वाददाता
सोलुखुम्बू, २५ कात्तिक
नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ ।
कार्तिक १८ गते सोलुखुम्बु आई खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ मा रहेको चोयुभ्यु लज एण्ड रेष्टुरेण्टमा बास बसेका फ्रान्सेली नागरिक २८ बर्षीय मर्रोन गइटान आयुआइसको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेर बिरामी भई स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा २४ गते बिहान राती १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । मृतकको शवलाई सिम्रिक एयरको हेलिकोप्टरद्वारा काठमाण्डौको त्रीवी शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूले जनाएको छ ।