पोखरीमा डुबेर ६ बर्षीय बालकको मृत्यु



फाल्गुनन्द सम्वाददाता
मोरङ, २५ कात्तिक

मोरङको कटहरी गाउँपालिका वडा नं. ७ का कुनन्द बिश्वकर्मा ६ बर्षीय छोरा कृष विश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

आइतवार अपरान्ह ५ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी थलाहाबाट खटिएको प्रहरी टोलीले बालकलाई पोखरीमा डुबिरहेको अबस्थामा फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्